२०८१ असोज ४ गते शुक्रवार

गुरूकुल एकाडेमी अब तुलसीपुरमा पनि संचालन हुने

तुलसीपुर, २१ मंसिर । गुरूकुल एकाडेमी तुलसीपुरमा पनि संचालन हुने भएको छ । घोराहीमा संचालन हुँदै आएको गुरूकुल एकाडेमी आउँदो शैक्षिक शत्रबाट तुलसीपुरमा पनि संचालन हुने भएको हो ।

एकाडेमीले प्ले गु्रपदेखि कक्षा ९ सम्म आगामी शैक्षिक सत्रदेखि संचालन गरिने अध्यक्ष अनन्तराज घिमिरेले बताउनुभयो । आगामी फागुन २ गतेदेखि सरस्वती पुजाका दिनदेखि भर्ना शुरू गरिने उहाँले बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन गर्न गुरुकुल एकाडेमी निरन्तर लागेको बताउनुभयो । उहाँले संस्कारयुक्त जनशक्ति र पुर्ण मानव बनाउन गूरूकुल एकाडेमीले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

एकाडेमीको तुलसीपुर-६ रजौरामा साढे २ बिगाह जग्गामा संचरना निर्माण भइरहेको छ । एकाडेमीले प्रधानाध्यापकमा मुकुन्द गिरी र सिईओमा जयन्त उपाध्यायलाई नियुक्त गरेको छ । अध्यक्ष घिमिरेका अनुसार एकाडेमीले ८० जनालाई रोजगारी दिने छ ।

२०७२ सालमा घोराहीमा स्थापना भएको गुरूकुलले तुलसीपुर र लमहीमा पनि शाखा विस्तार गर्न लागेकोहो । बिहिबार गरिएको पत्रकार भेटघाट कार्यक्रममा तुलसीपुर गुरुकुलका प्रधानाध्यापक गिरीले शिक्षासंगै अतिरिक्त कृयाकलाप, सामुहिक छलफल , कक्षाकोठा प्रविधिमैत्री, शान्त र सुरक्षित हुने कुरामा जोड दिएको बताउनुभयो । कार्यक्रमा शिक्षा विज्ञ बिष्णुकुमार देवकोटाले विश्वव्यापी शिक्षामा गुरूकुल एकाडेमीले भूमिका खेलेको बताउनुभयो ।

घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डीसी, तुलसीपुर शिक्षाविद् रामचन्द्र कडेँल, शेयर सदस्य अभियान बस्नेत, नेपाल पत्रकार महासंघका सहसचिव दिप्तीशिखा चौधरी लगायतले गुरुकुलले शिक्षासंगै व्यवहारिक ज्ञान सिपमा जोड दिएको बताउनुभयो । कार्यक्रमको सहजीकरण निमानन्द गैरेले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस