२०८० फाल्गुन १५ गते मङ्गलवार

ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु, पति र दुई छोरा घाइते

तनहुँ, १७ मंसिर । ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा मृतक महिलाका पति र दुई छोरा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ट्रकको ठक्करबाट विकका श्रीमान् मोटरसाइकल चालक रामचन्द्र विक, छोरा तीन वर्षीय छोरा सुमन र ६ वर्षीय गुराँस घाइते भएका छन् । घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस