२०८१ चैत्र ९ गते शनिवार

सगरमाथामा बालबालिकालाई एड्सबारे सचेतना

दाङ, १५ मंसिर । आज ३६ औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित सगरमाथा स्कुलमा चेतनामूलक कार्यक्रम गरिएको छ । एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन हरेक वर्ष डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता एवं राप्ती प्रादेशिक अस्पतालका परामर्शकर्ता प्रमिला लामिछानेको प्रमुख आतिथ्यता एवं विद्यालयका सिइओ यमकान्त खरेलको विशिष्ट आतिथ्यता र मानव स्वास्थ्य समाज दाङका पुष्पा वली, ज्ञानु शर्मा, भरमाया वलीको आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा लामिछनेले नेपालमा सन् २०२२ को अन्त्यसम्म अनुमानित ३० हजार व्यक्तिमा एचआईभी सङ्क्रमण भएको जानकारी दिनुभयो । । नेपालमा हरेक दिन एक जना एचआईभीबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क उल्लेख गर्दै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुन सक्ने कुरा बताउनुभयो ।

असुरक्षित यौनसम्पर्कलाई एचआईभी एड्सको मुख्य कारण मानिन्छ । ‘सङ्क्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि अर्को कारण मानिएको छ ।’ उनले भने-‘दाङमा ४०३ जना एडस सङ्क्रमित रहेका छन् ।’ पुरुष २०३, महिला १९४ र अन्य ६ जनामा सङ्क्रमण देखिएको छ भने तुलसीपुरमा कुल १४५ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

कार्यक्रममा एडस रोग लाग्नुका कारण, लक्ष्यण र रोकथामका उपायहरुको बारेमा जानकारी दिदै गर्भ निरोधात्मक साधनको उचित तरिकाले प्रयोग एवं एडस सङ्क्रमित भए नभएको चेक जाँच गरि थाहा पाउने तरिका प्रदर्शन गरेका थिए ।कार्यक्रमका अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले एडस रोगबाट बच्नको लागि विद्यालयमा सिकेका जानेका ज्ञानका कुरा हरु परिवार अनि समाजमा गएर प्रबाहगरि स्वस्थ समाज निर्माण गर्न विद्यार्थीलाई महत्वपूणर् भुमिका निर्वाह गर्न उत्प्रेरित गर्नुभयो ।

प्रअ वलीले एडस रोगबाट सङ्क्रमितहरुलाई समाजमा घृणा,तिरस्कार होइन माया अनि हेरचाहको आवश्यकता हुने बताउनुभयो । विद्यालयका कार्यक्रम संयोजक तिलक डाङ्गीको स्वागत मन्तव्यबाट सुरुवात भएको कार्यक्रम विद्यालयका कार्यक्रम प्रमुख शरद शर्माले मजगैयाले गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस