२०८१ माघ २ गते बुधवार

कर्णालीमा जीप दुर्घटना हुँदा एकको मृत्यु

कर्णाली, १५ मंसिर । बाजुराको कर्णाली करिडोरको धुलाचौर नजिकै हिजो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का करिब २८ वर्षका मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किशोरसिं ऐरीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको हो । बोलेरो जीपमा चालकसहित चार जना सवार रहेकामा अन्य एक जना घाइते भएका छन् ।

घाइते हुनेमा गौमुल गाउँपालिका–३ का करिब १९ वर्षका बसन्त धामी रहेको र उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले जीप चालक खत्याड गाउँपालिका–९ का दल बहादुर लावणलाई नियन्त्रण लिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस