२०८० फाल्गुन १५ गते मङ्गलवार

आज केहि ठाउँमा हल्का वर्षाको सम्भावना

दाङ, १४ मंसिर । दाङ उपत्यकासहित धेरैजसो पहाडी क्षेत्रको मौसम धुम्मिएको छ । भारतको राजस्थान आसपासमा बनेको न्यून चापीय प्रणालीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा परेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार आज दिउँसो पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । अहिले उपत्यकासहित धेरै ठाउँमा बादल लागेको छ । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मौसम बदली छ । आज उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपात हुने उहाँले बताउनु भएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस