तुलसीपुर, ९ मंसिर । तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी कैलालीका एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिका ८ कुन्तिखेतका २४ वर्षीय विकास भण्डारीको मृत्यु भएको हो ।
तुलसीपुर ७ गैरापातुदेखि दमारगाँउ तर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१-००९ प ६६५३ नम्बरको मोटरसाइकल शनिबार दिउँसो बजे २ आफै अनियन्त्रीत भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका भण्डारीलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएकोमा शनिबार दिउँसो ३ बजेतिर मृत्यु भएको हो । मृतकका अभिभावकले अपरान्ह ४ बजे ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि शवको पोष्टमार्टम भएको हो । युवकको अहिले शब आफन्तले बुझिसकेका छन् ।
प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार