२०८० फाल्गुन २२ गते मङ्गलवार

खेत जोत्ने ट्याक्टर पल्टीदा एक जनाको मृत्यु

दाङ, ९ मंसिर । दाङमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ट्याक्टर दुर्घटनामा परी तुलसीपुर-१९ सग्रामका अन्दाजी १८ वर्षका बिराज विकको मृत्यु भएको हो ।

तुलसीपुर १८ सातकुलेबाट सग्रामतर्फ जादै गरेको लु ३ त ९६६६ नम्बरको खेत जोत्ने ट्याक्टर शनिबार दिउँसो २ बजेतिर आफै अनियन्त्रित भई नालामा पल्टिदा विकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

सोही ट्याक्टरले च्यापिएर गम्भिर घाइते भएका विकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि ल्याइएको थियो । उहाँको उपचारकै क्रममा आज दिउँसो ३ बजेतिर मृत्यु भएको मल्लले बताउनुभयो ।

यस्तै तुलसीपुर १९ का ट्याक्टर साहु ३१ वर्षीय सुरेन्द्र केसी सामान्य घाइते भएको र उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही ठाँउका ट्याक्टर चालक २६ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस