२०८० फाल्गुन २२ गते मङ्गलवार

तुलसीपुरबाट सल्यानका लागि छुटेको बस दुर्घटना


सल्यान, ८ मंसिर । दाङको तुलसीपुरबाट सल्यानका लागि छुटेको बस दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते हुनेमा दाङको बबई गाउँपालिका ७ निवासी ३८ वर्षीय कुशल डाँगी, सहचालक सल्यानको कुमाख गाउँपालिका ७ निवासी २५ वर्षीय लाल बहादुर शाही घाइते हुनुभएको छ ।

यस्तै बागचौर नगरपालिका २ निवासी १० वर्षीय सुसान्त केसी, सोही ठाउँ निवासी ५५ वर्षीया सावित्रा वली, ७८ वर्षीय झुपा केसी र बाँकेको राप्तीसोनारी गाउँपालिका ३ निवासी ५० वर्षीया डिला खड्का रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरबाट सल्यानको दार्माका लागि छुटेको ना ४ ख ३९९६ नम्बरको बस राप्ती राजमार्ग अन्र्तगत शारदा नगरपालिका ६ भट्टेचौरमा अनियन्त्रित भएर दुर्घटना भएको हो । बसमा जम्मा २८ जना सवार रहेकोमा अन्य यात्रु भने सकुसल रहेको र सहचालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको अहिले श्रीनगरमा रहेको मेट्रो हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस