२०८१ चैत्र ६ गते बुधवार

पिकअप जिप र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

बुटवल, ८ मंसिर । बुटवलको नहरपुरमा बलेरो पिकअप जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

रूपन्देहीको बेलवास बेथरी सडकखण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्बरको बलेरो पिकअप र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीले दुर्घटनामा गम्भीर घाइते बुटवल ११ निवासी ४५ वर्षीय शालिकराम खनालको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताउनुभयो ।

यस्तै दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बुटवल-११ निवासी शेखर पोखरेलको भने लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस