२०८१ जेष्ठ ५ गते शनिवार

रोल्पामा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु

दाङ, १ मंसिर । रोल्पामा ट्याक्टर दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । माडी गाउँपालिका वडा नम्बर २ घर्तीगाउँमा रा १ त ३८८० नम्बरको ट्याक्टर पल्टिदा एक जनाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले जानकारी दिनुभयो ।

मृतकको पहिचान खुलिसकेको छैन् । विवरण आउँन बाँकी रहेको उहाँले बताउनुभयो । ट्याक्टरको अगाडीको भागले च्यापेको अवस्थामा फेला परेको डिएसपी मगरले बताउनुभयो । ढुंगा खानीबाट ढुंगा ल्याउने ट्याक्टर दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस