२०८१ असोज ४ गते शुक्रवार

साजबासबाट तुलसीपुर आउँदै गरेको जिप दुर्घटना

तुलसीपुर,२६ कात्तिक । दाङको तुलसीपुरमा यात्रुबहाक जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

तुलसीपुर-३ साजवास कल्लेबाट तुलसीपुरबजारतर्फ आउंदैन गरेको यात्रु वाहक जीप तुलसीपुर-४ मा दुर्घटनामा परेको हो । विपरित दिशाबाट गइरहेको अटोरिक्सालाई जोगाउन खोज्दा जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी तुलसीपुर ३ का ३५ वर्षीय अम्मर बस्नेत, तुलसीपुर ३ राम्रीकी ४५ वर्षीय अमृता थापा ,तुलसीपुर ३ सिद्दधाराकी धन कुमारी घर्ती, तुलसीपुर ३ कल्लेका पुष्प बोहरा, तुलसीपुर ३ टुनापानीका ४२ वर्षीय नर बहादुर थापा, तुलसीपुर ३ राम्रीकी २३ वर्षीया टिका कुमारी राना, तुलसीपुर ३ कल्लेका २५ वर्षीय सुवास पुन, कल्लेकै ५ वर्षीय निश्चल पुन, तुलसीपुर ३ राम्रीकी ४० वर्षीय कमला घर्ती घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा परी तुलसीपुर ३ टुनापानीकी शान्ती पुन, टुनापानीकै २२ बर्षीया रेजिना पुन, ३ बर्षीया आकृती पुन, सल्यान कपुरकोट गाउँपालिका वडा नंं.३ धैरेनीकी १७ बर्षीया सुस्मिता बोहरा र वडा नम्बर ४ धनाबाङका २३ वर्षीय करण बोहरा घाइते हुनुभएको छ । घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस