२०८१ जेष्ठ ५ गते शनिवार

बीरेन्द्र माविमा पूर्व विद्यार्थी सम्मेलन, अध्यक्षमा डा. पराजुली

तुलसीपुर, २५ कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको बीरेन्द्र माध्यमिक विद्यालयमा शनिबार (आज) पूर्व विद्यार्थी सम्मेलन कार्यक्रम गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलु प्रसाद न्यौपानेको अध्यक्षता तथा पहिलो पटक विद्यालयबाट वि. स. २०४० सालको एस. एल. सी परिक्षामा सम्मिलित भई सफल भएका चन्दन सिंह गुरुङको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका वडा न १ का अध्यक्ष हुमाकान्त साप्कोटाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

विद्यालयको समग्र विकासका लागि आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्नको लागि तथा पूर्व विद्यार्थीहरु बिचको भेटघाट गरिएको हो । त्यस अवसरमा पूर्व विद्यार्थीहरुको तर्फबाट विनोद शर्मा, डा.लोकराज पराजुली, खुम प्रसाद भन्डारी, खगेश्वर भन्डारी, हिमाल कंडेल, सेबकराम भन्डारी, तुलसी गिरी, डा. कुमार आचार्य, प्रेम नेपाली, योगमाया योगी, तुलसी राणा, चुडामणी ढकाल लगाएतका व्यक्तिहरुले विद्यालयको समग्र विकासका लागि आफ्नो प्रतिबद्धता सहितको मन्तव्य राख्नुभएको हो ।

सम्मेलनले डा. लोकराज पराजुलीको अध्यक्षतामा पूर्व विद्यार्थी मञ्च गठन गरेको छ । जसको उपाध्यक्षमा विनोद शर्मा, सचिवमा हिमाल कंडेल, कोषाध्यक्षमा पारेश्वर भट्टराई, सह-सचिवमा योगमाया योगी, सदस्यहरुमा प्रकाश भट्टराई, प्रेम नेपाली, तुलसी राना र सल्लाहकारमा डा. कुमार आचार्य, खगेश्वर भन्डारी र तुलसी गिरी चयन हुनुभएको छ । विद्यालयका शिक्षक फस्ट बहादुर रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रधानाध्यापक टोप बहादुर घर्तीले गर्नुभएको हो ।

वि. स २०१७ सालमा स्थापना भएको विद्यालयले पहिलो पटक आज उक्त कार्यक्रम गरेको हो ।

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस