२०८२ बैशाख १० गते बुधवार

उरहरीमा जारी वडाअध्यक्ष कप क्रिकेट प्रतियोगितामा दुई खेल हुँदै

दाङ, १७ कार्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा जारी वडाअध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज बिहान पहिलो खेलमा वडा नम्बर ११ बि र वडा नम्बर ७ भिड्नेछन् । त्यस्तै दोस्रो खेलमा वडा नम्बर १४ र वडा नम्बर १ भिड्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता अन्तरगत बिहिबार सम्पन्न खेलमा वडा नम्बर ११ र १२ बिजयी भएका छन् । वडा नम्बर ११ ले आफ्नो उद्घाटन खेलमा वडा नम्बर १७ लाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै वडा नम्बर १२ ले वडा नम्बर ८ लाई १४ रनले पराजित गर्दै बिजयी यात्रा सुरु गरेको हो ।

प्रतियोगिताको बिजेता, उपबिजेताले क्रमश : नगद २५ र १५ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ । कार्तिक २० गतेसम्म संचालन हुने प्रतियोगितामा तुलसीपुर नगरका ११ टिमको सहभागीता रहेकोछ ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस