२०८१ फाल्गुन ३ गते शनिवार

राप्ती प्रादेशिक अस्पतालमा सहायता कक्ष संचालन

दाङ, १६ कार्तिक । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा सहायता कक्ष संचालन गरिएको छ । सहायता केन्द्र नेपालले अस्पतालमा एक कार्यक्रम गरि स्वयंसेवक सेवा संचालन कार्यक्रमको शुभारम्भ गरेको हो ।

केही समय अघि अस्पताल र सहायता केन्द्र नेपालको सम्झौता अनुसार अस्पतालमा सहायता कक्ष निर्माण गरि बुधबारबाट संचालनमा आएको हो । प्रदेश योजना आयोग लुम्बिनी प्रदेशका उपाध्यक्ष डा. नहकुल केसीले सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धेरै युवाहरु बिदेश पलायन भैरहेको अवस्थामा युवाहरुले यसरी सामाजिक कार्य गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको हो । त्यसैगरि उहाँले सबैको प्रोत्साहनको आवश्यक भएको र आफुले सक्दो सहयोग गर्ने बताउनु भएको हो । कर्मचारीको अभाव संगै अस्पतालमा सेवा सुबिधा बढिरहेको र दैनिक बिरामीहरुको भिड भैरहेको अबस्थामा संस्थाले स्वयंसेवक सेवा संचालन गरेकोमा खुशी व्यक्त गर्नुभएको हो ।

केन्द्र नेपालका अध्यक्ष खेमराज बिकको अध्यक्षता भएको कार्यक्रममा अस्पताल विकास समितीका अध्यक्ष पदमराज न्यौपाने, अस्पतालका प्रमुख डा. पदमराज अधिकारी, अपांग सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कडेल, म गर्छु सफा मेरो देश अभियानका सचिव राजु बिश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका कोषाध्यक्ष दुविसरा वलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव मुना बिकले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस