२०८१ चैत्र ६ गते बुधवार

काठको मुडाले टाउकोमा लागेका चौधरीको मृत्यु

दाङ, १४ कार्तिक ।
दाङमा काठको मुडाले टाउकोमा लाग्दा एक जनाएको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर ५ रगैचाका ४० वर्षिय शंकर चौधरीको काठको मुडा घरमा राख्दै गर्दा टाउकोमा चोट लागेर मृत्यु भएको हो ।

शंकर र उहाँको भाउजुले काठको मुडा घरमा राख्दै गर्दा शंकरलाई टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाईते चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको थियो ।

उपचार सम्भब नभएपछि पुनः राप्ती प्रादेशीक अस्पतालमा ल्याईएको थियो । शंकरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस