२०८० फाल्गुन २१ गते सोमवार

पाल्पाको रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट खस्दा छ जनाको मृत्यु

पाल्पा, ५ कार्तिक । पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जीपका चालक घाइते भएको जनाएको छ ।

जीप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइसकेको छैन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको छ ।

जिपमा भएका यात्रु र उनीहरुको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको पाल्पाका एसपि हेरम्ब शर्माले जानकारी दिनुभयो ।

बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्दारका लागि पुग्नु पर्ने भएकाले कठिनाई भएको प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो । -कान्तिपुरबाट

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस