
दाङ, ४ कार्तिक । माध्यमिक विद्यालय भित्री संक्राममा पुर्व विद्यार्थीहरुको भेला भएको छ । तुलसीपुर -१९ मा रहेको विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको आयोजनामा भेला गरिएको हो ।
पुर्व विद्यार्थी डंक बहादुर वलीको अध्यक्षता तथा राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा विद्यालयका पुर्व विद्यार्थी देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा पुर्व विद्यार्थी दामोदर न्यौपाने, पदम केसी, कमलप्रसाद पुन, दुर्गा प्रसाद न्यौपाने, धनबहादुर केसी, मावि भित्री सक्रामका प्रधानाध्यापक डिल्ली बहादुर खत्रीलगाएतले मन्तव्य राख्नुभएको हो । कार्यक्रमको सहजिकरण भिविसन रोकाले गर्नुभएको हो ।
यसैबिच भेलाले डिल्ली बहादुर केसीको अध्यक्षतामा ११ सदस्यिय पुर्व विद्यार्थी समाज माबि भित्री सक्रामको नयाँ समिती गठन गरेको छ । समितीको उपाध्यक्षमा गणेश वली, सचिवमा पलबहादुर केसी, कोषाध्यक्षमा शुसिला बस्नेत रहनुभएको छ ।
त्यस्तै समाजको सदस्यहरुमा प्रकाश डाँगी, यज्ञबहादुर केसी, लक्ष्मी बस्नेत, शरद केसी, सोमराज गौतम, पवित्रा केसी रहनुभएको छ । एकजना सदस्य भने पछि चयन गरिने समाजका अध्यक्ष केसीले बताउनुभयो ।
त्यस्तै समाजले सात सदस्यीय सल्लाहकार समिती गठन गरिएको छ । त्यस्तै समाजको सल्लाहकारहरुमा रेबती प्रसाद बस्नेत, दामोदर न्यौपाने, देवराज बिश्वकर्मा, दुर्गा प्रसाद न्यौपाने, कमल प्रसाद पुन, पदम केसी र धन बहादुर केसी रहनुभएको छ ।
गठित समाजले विद्यालयको सर्वाङ्गीन विकासमा आबश्यकता अनुसार सहयोग गर्ने मुख्य उद्देश्यका साथ बिद्यालयमा अक्षयकोष स्थापना गर्ने निणर्य समेत गरेको अध्यक्ष केसीले बताउनुभयो ।