दाङ, ४ कार्तिक ।
नवदुर्गाको सातौ दिन आज दाङमा फूलपातीको रौनक बढेको छ । फूलपातीको अबसरमा घोराहीको अम्किेश्वरी मन्दीर, तुलसीपुरको प्रसिद्ध धार्मिक स्थल त्रिसिद्देश्वरि मन्दिर, सल्यानको खैराबाङ लगायतका शक्तिपिठमा पुगि विशेष पुजापाठ शुरु भएको छ ।
नव दुर्गाको सातौ स्वरुप कालरात्रिको विधि बिधान अनुसार अनुष्ठा गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा ढुङ्गा हरुलाई नवदेबिका प्रतिमाका रुपमा स्थापित गरि नैवेध,फलफुल चढाएर पुजा गर्ने चलन रहेको छ ।
प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार