२०८१ माघ ३ गते बिहिवार

आज बडा दशैँको छैटौं दिन : कात्यायनी देवीको पुजा गरिँदै


दाङ, ३ कार्तिक । नेपालीहरुको महान् चाड बडा दशैँको छैटौं दिन आज कात्यायनी देवीको पुजा गरिँदैछ । आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूप कात्यायनी भगवतीकोे पूजा हुन लागेको हो ।

दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक किम्वन्ती छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । नौ दिन नवदुर्गालाई पुगेपछि दशैँ दिन नवदुर्गाको प्रसाद स्वरूप टिका ग्रहण गरिन्छ ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस