२०८१ चैत्र ८ गते शुक्रवार

वीरेन्द्र माविमा छात्रवृत्ति वितरण

तुलसीपुर, ३० असोज । वीरेन्द्र माध्यमिक विद्यालय तुलसीपुर-१ ले छात्रवृत्ति वितरण तथा दशैंतिहार बिशेष कार्यक्रम गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलु प्रसाद न्यौपानेको अध्यक्षता तथा तुलसीपुर-१ का वडा अध्यक्ष हुमाकान्त साप्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा विद्यालय स्थापना भएका देव अम्बिका स्मृति, झिल्लुप्रसाद स्मृति, मणिराम कुमाल स्मृति, खगी स्मृति र निरन्जन बस्याल स्मृति अक्षयकोषको छात्रवृत्ति उत्कृष्ट, जेहेन्दार, लगनशील, खेलप्रेमि तथा अनुशासित विद्यार्थीहरुलाई अक्षयकोषदाताहरुको उपस्थितिमा वितरण गरिएको प्रधानाध्यापक टोप बहादुर घर्तीले बताउनुभयो ।

यस्तै विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । त्यस अवसरमा विद्यार्थीहरुले तहगत नृत्य प्रस्तुत गरेका थिए । नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको हो ।

शिक्षक फस्ट बहादुर रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक डा. जीत बहादुर गिरीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस