२०८१ जेष्ठ ५ गते शनिवार

माबी सौडियारको शिक्षक अभिभाबक संघको अध्यक्षमा कवर

दाङ, २६ असोज । घोराही-७ सौडियार स्थित माबि सौडियारको शिक्षक-अभिभाबक संघको अध्यक्षमा सोही ठाउँ निबासी लोकबहादुर कवर बद्रि सर्बसम्मत निर्बाचित भएका छन । बिद्यालयमा भएको अभिभाबकहरुको भेलाले कवरको अध्यक्षतामा निर्बीरोध नयाँ कार्य समिती चयन गरेको हो ।

जस्को सदस्यहरुमा दुर्गा चौधरी, आशा चौधरी, लक्ष्मी नेपाली, खिमा घर्ति रहेका छन । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा घोराही ७ सौडियारका वडा अध्यक्ष खोपिराम चौधरीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगर शिक्षा महाशाखाका शाखा प्रमुख नारायणप्रसाद पौडेल र शाखा अधिकृत घनश्याम वलिको बिशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले सदस्यहरुमा जानकी चौधरी, चन्द्रा चौधरी, गोमा चौधरी, पुष्कर कवर, शान्ती बिकलाई चयन गरेको बिद्यालय ब्यबस्थापन समिती सदस्य जिउधन चौधरीले जानकारी दिए ।

सो अवसरमा नब निर्बाचित शिक्षक अभिभाबक संघका अध्यक्ष कवरले बिद्यालयको हितका लागि सदैब सहयोग गर्ने बताए । उनले बिद्यालयको शैक्षीक गुणस्तरलाई माथी उठाउने कुरामा आफु पदमा रहे पनि नरहे पनि बिगतमा पनि सहयोग गर्दै आएकाले यसपाली पदमा नै रहेर बिद्यालयको हितमा योगदान गर्न आएको बताए ।

बिद्यालयका सहायक प्रधानाध्यापक यमलाल रिजालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले अभिभाबक संघको गठन प्रकृया बारे अभिभाबकहरुलाई जानकारी दिए । कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक बिष्णु चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस