२०८२ जेष्ठ ८ गते बिहिवार

संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत-सम्मान

दाङ, २७ असोज । चलचित्र पत्रकार संघ,नेपाल दाङ शाखाले संस्थापक अध्यक्ष किशन रेग्मीलाई स्वागत सम्मान गरेको छ । संघले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि सघंका संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत सम्मान गरेको हो ।

सञ्चार क्षेत्रमा क्रियाशिल रेग्मी लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएको छ । लामो समयपछि गृह जिल्ला दाङ आएका रेग्मीलाई संस्था स्थापित गराउन खेलेको भुमिकाको उच्च मुल्यांकन गर्दै चलचित्र पत्रकार सघं नेपाल दाङ शाखाले सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले संस्था जन्माउनु मात्र ठुलो कुरा नभई संस्थालाई यहाँसम्म ल्याउन महत्वपुणर् भुमिका निर्वाह गर्ने पुर्वअध्यक्षहरु लगाएत क्रियाशिल चलचित्र पत्रकारहरु लाई आभार व्यक्त गर्नुभयो ।

उहाँले कठिन समयमा संस्थाको जन्म गराएको स्मरण गर्दै यसलाई निरन्तरता दिन सबैले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । लामो समयदेखि अमेरिकालाई कर्म थलो बनाउँदै आएका रेग्मीले बाहिरको भुमि आफुले कल्पना गरेजस्तो नभई अत्यन्त दुःख र सर्घषका साथ मेहनत गर्नुपर्ने अनुभव सुनाउनुभयो ।

उहाँले चलचित्र पत्रकार सघं नेपाल दाङ शाखामा स्थापना गरेको १ लाखको अक्षयकोषबाट वितरण गर्दै आएको ११ हजार १ सय ११ रुपैयाको दिपलोचन रगं पत्रकारिता पुरस्कारलाई २२ हजार २ सय २२ रुपैया थप गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

चलचित्र पत्रकार सघं, नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अमेरिका पत्रकार सघं (नेजा) का अध्यक्ष सुरज भण्डारीले विभिन्न विधामा रहेर पत्रकारिता गरिरहँदा पछिल्लो समय चलचित्र पत्रकारितालाई पनि एउटा अभिन्न बिट पत्रकारीताको रुपमा लिइएको बताउनुभयो । उहाँले हरेक पत्रकारहरुमा कुनै न कुनै विषयको विज्ञता हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा चलचित्र पत्रकार सघंका केन्द्रिय सदस्य एवं पुर्व दाङ शाखा अध्यक्ष ध्रुवराज न्यौपाने, सघंका सल्लाहकारहरु शरद रेग्मी, दिपक कुमाल, साहित्यकार तथा पत्रकार बसन्त आचार्य, संस्थापक उपाध्यक्ष चेतन रेग्मी लगायतले मन्तव्य राख्नुभएको हो । सघंका उपाध्यक्ष पुणर् केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस