२०८१ मङ्सिर २२ गते शनिवार

अप्टीमिष्ट क्लब अफ दाङले गर्‍यो बालबालिकालाई मनो पराशर्म

तुलसीपुर, २४ असोज । बालबालिकाको शैक्षिक उपलब्धिका लागि मनो परामर्शको आवश्यक आवश्यक रहेको तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

अप्टीमिष्ट क्लब अफ दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागीले बालबालिकाको मनोसामाजिक अवस्था बुझेर सिकाउन सके सिकाईमा उपलब्धि हुने बताएका छन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले बालबालिकाको भविष्य उज्वल बनाउनका लागि मनोपरामर्श आवश्यक रहेको बताउनुभयो ।

बालबालिकालाई विभिन्न समयमा मनोविमर्श गर्दा उनीहरुको सिक्ने र खोजि गर्ने चाहना बढ्ने उहाँको भनाई छ । अध्यक्ष जिसीले बालबालिकाको आवश्यकता अनुसारको सिकाईका लागि मनोपरामर्श समय समयमा आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मावि कालाखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीले शिक्षण सिकाईमा परिवर्तन ल्याउनका लागि बालबालिकालाई मनोपरामर्श आवश्यक रहेको बताउनुभयो ।

प्रधानाध्यापक राजिव ओझाले बालबालिकाको मनोसमाजिक विमर्शले सिकाईमा उपलब्धि हासिल हुने बताउनुभयो । क्लबका अध्यक्ष डिआर भण्डारीको अध्यक्षता तथा वडा अध्यक्ष जिसीको प्रमुख आतिथ्यता एवं कालाखोला माविका प्रधानाध्यापक चौधरीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण प्रभात धितालले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस