२०८२ बैशाख १० गते बुधवार

रेडियो प्रकृतिले मनायो, १३ औँ वार्षिकोत्सव

तुलसीपुर, २२ असोज । दाङको तुलसीपुरमा रहेको रेडियो प्रकृति एफएमले सोमबार विभिन्न कार्यक्रमकाबिच आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा रेडियोले मानव सेवा आश्रम शाखा कार्यालय तुलसीपुरमा खाद्यान्न समेत वितरण गरेको छ ।

यस्तै मानव सेवा आश्रमले केहि नहुने र कोही नहुने गरिब व्यसाहाराहरुको उद्धार र हेरचाह गरेर मावन उद्धारको काम गरेको भन्दै आश्रमका प्रमुख हिरु जैशीलाई सम्मान पनि गरिएको छ । यस्तै रेडियोमा उत्कृष्ट काम गर्ने दुईजना कर्मचारीलाई समेत सम्मान गरिएको छ ।

आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षासहित प्राविधिक प्रमुख गोविन्द केसी र लेखा शाखा प्रमुख मनु डिसीलाई सम्मानपत्र सहित सम्मान गरिएको हो ।

यस्तै विज्ञापनको तर्फबाट रेडियोलाई महत्वपुणर् सहयोग गरेको भन्दै समाजमा वातावरणीय विकास (संस्था) लाई पनि सम्मान गरिएको छ । खाद्यान्न वितरण कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले रेडियो प्रकृतिले फरक किसिमले आफ्नो बार्सिकउत्सोव मनाएको भन्दै प्रसंसा गर्नुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका मेयर खड्काले रेडियोले गाउँठाउँका विकास निर्माणका काम देखी विभिन्न विषयवस्तुको उठान गर्दै आएको भन्दै आगामी दिनहरुमा पनि यसरी नै रेडियो गरिब तथा व्यसहाराको आवाज बन्नुपर्ने बताउनुभएको छ ।

स्थापनाकाल देखि वन वातावरणका मुद्दालाई उठाउँदै अएको नेपालकै पहिलो वातावरणमैत्री सामुदायिक रेडियो प्रकृति एफएम २०६७ साल असोज २२ गते स्थापना भएको थियो ।

५ सय वाट क्षेमता रहेको रेडियो प्रकृति एफएमले समाचार, बहस, सूचना, मनोरञ्जन लगायतका विविध कार्यक्रम प्रसारण गर्दै आइरहेको रेडियोका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्तममा रेडियो सञ्चालक समितिका सम्पुणर् पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । रेडियो संचालक समितिका अध्यक्ष खगेन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण रेडियोका सचिव राम प्रसाद चालिसेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस