२०८१ माघ ८ गते मङ्गलवार

सल्यान बस दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित

सल्यान, २० असोज । सल्यानमा बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ३१ वर्षिय सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका-६ का ४० वर्षिय अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिनुभयो ।

यस्तै घाइते हुनेमा सल्यानको छत्रेश्वरी गाँउपालिका ४ खर्सुबासका ५३ वर्षीया चित्रा डाँगी, गाडी चालक शारदा नगरपालिका १० मदनाका २५ वर्षीय मेघराज कुँवर, त्रिवेणी गाँउपालिका ६ स्यालाका ५९ वर्षीय कुमारी चन्द, सोहि ठाँउका ६३ वर्षीय हुम बहादुर बस्नेत, त्रिवेणी गाँउपािलका ४ जयचौरका ३६ वर्षीय दल बहादुर डाँगी, सोहि ठाँउका ५० वषिय धनी बस्नेत , शारदा नगरपालिका ३ का २२ वर्षीय प्रतिमा कुँवर, शारदा-१२ का २७ वर्षका माया राना रहेका छन् ।

यस्तै छत्रेश्वरी गाँउपलिका १ का २४ वर्षिय खड्ग बहादुर बिक, सोही ठाँउका २६ वर्षिया रुपा बिक, सेही ठाँउका १८ वर्षिय देवा बिक, ६० वर्षिय कमानसिंह विक, तुलसीपुर ६ स्याउली बजार ६० वषिय प्रेम बहादुर बुढा, तुलसीपुर ९ का २० वर्षिय प्रमोशन रिजाल, सल्यान कपुरकोट-५ जामुनेका ७१ वर्षीय बिनि साहु घाइते भएको प्रहरीले जनाएको छ ।

दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार दिउँसो कपुरकोट गाउँपालिका -३ मुलपानी नजिकै दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस