दाङ, १६ असोज । दाङमा कारसंग मोटसाइकल ठोक्किदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका ६ का ३६ वर्षिय रामजाम अली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
मंगलबार (आज) बिहान करिब ९ बजेतिर घोराही उपमहानगरपालिका ११ बुकाली डाँडा नजिक घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको लु ९ प ६५८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२६ च ६६६५ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिँदा अली घाइते भएको डिएसपी मल्लले बताउनुभयो ।
घाइते अलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको स्थानीय पत्रकार किरण केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार