२०८१ चैत्र ८ गते शुक्रवार

दाङमा तीन वर्षमा २ सय ३४ शिशुको गर्भमै मृत्यु

दाङ, १६ असोज । गएको तीन आर्थिक वर्षमा दाङमा २ सय ३४ जना शिशुको गर्भमै मृत्यु भएको छ । भने जन्मेको केही समय भित्र मृत्यु हुने शिशुको सङ्ख्या ७४ जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुने शिशुको सङ्ख्या जिल्लामा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङको सुरक्षित मातृत्व कार्यक्रमको प्रतिवेदनले देखाएको छ । उक्त प्रतिवेदनले दङ्गीशरण गाउँपालिकामा भने यस्तो तथ्याङ्क शून्य रहेको देखाएको छ ।

तथ्याङ्कअनुसार घोराहीमा मात्रै तीन वर्षको अवधिमा ९७ जना शिशुको जन्मिदै मृत्यु भएको छ भने १४ जना शिशुको जन्मेको केही समयमा मृत्यु भएको छ । तुलसीपुरमा जन्मिदै ८९, जन्मपश्चात २२, लमही नगरपालिकामा जन्मिदै १५, जन्मपश्चात ८, राप्ती गाउँपालिकामा जन्मिदै १५ जन्मपश्चात ५ शिशुको मृत्यु भएको छ । यसैगरी गढवामा जन्मिदै ८, जन्मपश्चात ३, राजपुरमा जन्मिदै ७ जन्मपश्चात १४, बङ्गलाचुलीमा जन्मिदै २, जन्मपश्चात ६, बबईमा नजन्मिदै ३, जन्मपश्चात १ शिशुको मृत्यु भएको तथ्याङ्क रहेको छ ।

शान्तिनगरमा जन्मिदै मृत्यु भएका शिशुहरूको सङ्ख्या शून्य र जन्मपश्चात १ शिशुको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा मृत्यु हुने शिशुहरूको सङ्ख्या जन्मदै ७२ र जन्मपश्चात २१, आर्थिक वर्ष २०७८/०७९ मा जन्मिदै ८४, जन्मपश्चात ३५ र आर्थिक वर्ष २०७९/०८० मा जन्मिदै ७८ र जन्मपश्चात १८ शिशुको मृत्यु भएको छ ।

वितेको तीन आर्थिक वर्षमा दंगीशरण गाउँपालिमा यसरी मृत्यु हुने शिशुहरुको सङ्ख्या शून्य रहेको दङ्गीशरण गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक राजेन्द्र हमालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस