२०८१ फाल्गुन १ गते बिहिवार

ईलेक्ट्रीकल ११ लाई खसी, पदक बिजेता विशाल सम्मानित

तुलसीपुर, १५ असोज । मवि तुलसीपुर सेन्टर ईन्ट्रा स्कुल खसी कप सेभेन ए साईट फुटबल प्रतियोगिता ईलेक्ट्रीकल कक्षा ११ ले जितेको छ ।

ईलेक्ट्रीकल ११ ले आयोजना गरेको प्रतियोगिताको फाईनलमा ईलेक्ट्रीकल कक्षा १२ लाई पेनाल्टी सुट आउटमा २ का बिरुद्ध ३ गोलले पराजित गर्दै ईलेक्ट्रीकल ११ ले खसी कप फुटबल जितेको हो ।

उसले २० हजार बराबरको खसी हात पार्‍यो । मावि सेन्टरको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको निर्धारित समय सम्म गोल रहित बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको विद्यालयका खेलकुद शिक्षक दुर्गाराज लवटले जानकारी दिनुभयो ।

दुईदिन सम्म चलेको प्रतियोगितामा विद्यालयका जनरल,आईटी,म्यानेजमेन्ट, जियोम्याटिक्स, ईलेक्ट्रीकल लगाएतका १० टिमको सहभागिता रहेको थियो ।

यसैबिच मावि तुलसीपुर सेन्टरले यहि असोज १२ र १३ बुटवलमा सम्पन्न प्रथम लुम्बिनी प्रदेश स्तरिय खुला कराते प्रतियोगितामा कास्य पदक बिजेता खेलाडी विशाल जिसीलाई सम्मान गरेको छ ।

सेन्टरमा अध्ययनरत बिशालले ५५ केजि तौल समूह कुमुतेतर्फ तेस्रो स्थान हात पारेका थिए । पछिल्लो समय विद्यालयलाई खेलमैत्री बनाउन चासो र चिन्तनका साथ शसक्त लागि परेको मावि सेन्टरले खेलाडीलाई थप हौसला प्रदान गर्न बधाई तथा सम्मानका कार्यक्रम गर्ने गरेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस