२०८१ असार ३० गते आइतवार

तुलसीपुरमा अटो र ट्याक्टर ठोक्किदा पाँच जना घाइते

तुलसीपुर, १४ असोज । तुलसीपुरमा अटो र टयाक्टर ठोक्कीदा पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी अटोमा सवार दंगिशरण गाँउपािलका वडा नंम्बर ६ राजपुरका ४० वर्षिय हेमन्त वली, सोही ठाँउका ७ वर्षको विशाल वली घाइते हुनुभएको छ ।

यस्तै दंगिशरण-६ राजपुरकै ३७ वर्षीया कृष्ण डाँगी, ६० वर्षीया डोटी वली र अटो चालक सोही ठाँउका ४० वर्षीय टोप बहादुर भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जनाकारी दिनुभयो ।

दुर्घटना तुलसीपुर ८ अश्वरा पेट्रोल पप्प नजिक आज दिउँसो सवा २ बजे भएको हो । घाइते सबैको राप्ती प्रादेशि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ५८१८ नंम्बरको अटो र तेल हाली निस्कदै गरेको रा १ त २५८४ नम्बरको बालुवा लोड गरेको ट्याक्टर एक आपसमा ठोकिएका हुन् ।

दुबै सवारी साधन र ट्याक्टर चालक तुलसीपुर ५ का २१ वर्षका शोभाराम चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस