२०८१ चैत्र ७ गते बिहिवार

सगरमाथाका बालबालिकालाई मुटु रोग सम्बन्धी सचेतना

दाङ, १२ असोज । तुलसीपुर-९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङलिश बोडिङ स्कुलमा शुक्रबार मुटु रोग सम्बन्धी सचेतना कार्यक्रम भएको छ ।

बढ्दै गएको सामाजिक संजालको प्रयोगका कारण मानिसहरु एकोहोरो हुने र सामाजिक संजालमै व्यस्त रहने भएकाले विद्यार्थीहरुले पनि यही कुरालाई आत्मसात गर्दै गइरहेको बेला विद्यार्थीहरुलाई विद्यालयमै यस्तो सचेतनाका कार्यक्रम गर्न आवश्यक ठानेर प्रशिक्षण कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमका प्रशिक्षक डाक्टर सैलेस उपाध्यायले पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।

सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ ।

आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको डाक्टर शैलेश उपाध्यायले बताउनुभयो । उहाँलेजाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट वचन सकिने बताउनु भएको थियोे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय शारिरिक कामहरु नगर्ने, विलासी जीवन बिताउन चाहने कारणले गर्दा मुटु रोगीका विरामीहरु बढिरहेकाले खानपानमा विशेष ख्याल गर्न आग्रह गरेका थिए ।

उनीहरुले मानसिक तनाव नलिन पनि आग्रह गरेका थिए । विद्यायलका सिइओ यमकान्त खरेलको अध्यक्षतामा भएको कार्यक्रममको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शमौ मज्गैयाँले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस