२०८१ जेष्ठ ५ गते शनिवार

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान, १२ असोज । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी शारदा नगरपालिका वडा नम्बर १२ तिमिलेको ७६ वर्षिय धुर्वी बोहोरा र शारदा-१५ बरलाका ४५ वर्षिय मुना सेजवालको मृत्यु भएको हो । दुवै जनालाई जिल्ला अस्पताल सल्यानमा लगिएपछि मृत घोषणा गरिएको हो ।

यस्तै दुर्घटनामा परी  १४ जना घाईते  भएका छन् । दुर्घटनामा परी चालक शारदा- १ चैबाङज्युलाका २१ वर्षिय रबिन बुढाथोकी, शारदा-१२ कागखोलाका ५० वर्षिय काली बहादुर बुढाथोकी, शारदा-१२ कै ५० वर्षिय कल्पना योगी घाइते हुनुभएको छ ।
यस्तै सोहि ठाउँकै ७५ वर्षिय पम्फा नेपाली, छत्रेश्वरी गाउपालिका ५ का २४ वर्षिय निर्मला बस्नेत, शारदा नपा-१२ का १२ वर्षिय बालिका लक्ष्मी खड़का घाइते हुनुभएको छ ।

यस्तै सोहि ठाउँकै १३ वर्षिय निरु कवर, शारदा-१२ की ४७ वर्षिय कमला बुढाथोकी, शारदा-१२ बस्ने वर्ष १३ की खिमा ओली घाइते हुनुभएको छ । यसैगरी सोहि ठाउँमा बस्ने वर्ष ३५ की हिमा ओली, २५ वर्षकी टिका बोहरा, १४ वर्षिय बिमला बुढाथोकी, १२ वर्षिय प्रकाश बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

छत्रेश्वरी-५ लेखपोखरबाट शारदा नगरपालिका वडा नम्बर १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जिप छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ तिर्पोलेको भित्रि कच्ची सडकखण्डमा शुक्रबार दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ६० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस