२०८१ असोज १८ गते शुक्रवार

तालाबन्दीको चपेटामा नेसंवि : १२ वर्षमा ९ सय ६४ दिन ताला

दाङ, १२ असोज । नेपाल संस्कृत विश्व विद्यालयल बेलझुण्डी तालाबन्दीको चपेटामा परेको छ । माग पुरा नभएको नाममा विश्वविद्यालयको विभिन्न ठाउँमा तालाबन्दी हुने गरेको हो ।

विश्वविद्यालयमा अधिकांश विभिन्न राजनैतिक दलका भातृ संस्था विद्यार्थी संगठनले तालाबन्दी गर्ने गरेका हुन् । बाह्र वर्षको अवधिमा ९ सय ६४ दिन तालाबन्दी भएको विश्वविद्यालयले जनाएको छ ।

विस २०६८ देखि हालसम्म ९ सय ६४ दिन तालाबन्दी भएको हो । विश्वविद्यालयमा १२ वर्षको अवधि सबैभन्दा धेरै २०७२ सालमा २४९ दिन तालाबन्दी भएको छ भने सबैभन्दा कम २०६९ सालमा ७४ दिन तालाबन्दी भएको छ । विश्वविद्यालयमा गत असोज ४ मा मात्रै ताला खुलेको हो ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस