२०८० फाल्गुन २१ गते सोमवार

अमिलिया बस दुर्घटना अपडेट : घाईतेको नामावालीसहित

दाङ, ९ असोज । काठमाण्डौबाट सुर्खेततर्फ जाँदै गरेको बस अमिलियामा दुर्घटनामा परेको छ । कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनालाई बढी चोट रहेको छ । दुर्घटनामा परी सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर २ का ६८ वर्षिय गंगादेवी पुलामी र दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ५ का ५० वर्षिय बिसाखर रिजाल गम्भिर घाइते हुनुभएको छ ।

अन्य २० जना यात्रु सामान्य घाइते भएका छन् । घाइतेको लमही अस्पताल , सैनिक अस्पताल बाँके र मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रवक्ता मल्लले बताउनुभयो । बसमा चालकसहित ४० जना सवार रहेको र १८ जना सकुशल रहेको प्रहरीले जनाएको छ । बस अचानक कल्भर्टमा ठोक्किएर करिब १० मिटर तल खसेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेको नामावली :

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस