२०८१ फाल्गुन १ गते बिहिवार

शिक्षकहरु सडकमै सुतेपछि……

काठ्माण्डौ, ८ असोज । राहत शिक्षकहरुले सडकमै सुतेर आन्दोलन गरेका छन् । उनीहरुले सोमबार सडकमै सुतेर सडक आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।

बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध जनाएका थिए । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस