
सल्यान, ८ असोज । रोल्पाबाट दाङतर्फ आउँदै गरेको तरकारी बोकेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का ३८ वर्षको नारायण योगी घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उहाँका अनुसार रोल्पाबाट दाङ तर्फ तरकारी बोकी आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सोमबार बिहान राप्ती राजमार्गको दाङ-सल्यान सडकखण्ड अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको हो ।

अनियन्त्रित भई सडकबाट करिब ३५० मिटर तल खसेको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
