२०८१ चैत्र ८ गते शुक्रवार

तुलसीपुरमा ट्राफिक नियमबारे सचेतना

तुलसीपुर, ६ असोज । तुलसीपुरमा शनिबार बिहान ट्राफिक नियमबारे सचेतना कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ दाङ क्यापिटल र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स तुलसीपुर शाखाको सहकार्यमा ट्राफिक नियमबारे सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ट्राफिक जवान शिब न्यौपानेले धेरै दुर्घटना ट्राफिक सचेतनाको अभावका कारण हुने गरेको बताउनुभयो । उहाँले जेब्रा क्रसको प्रयोग, साइड लाईटको प्रयोग, सवारी चलाउँदा मोबाईलको प्रयोग नगर्ने लगायतबा बारेमा प्रशिक्षण गर्नुभयो ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष ललितजंग शाहले ट्राफिक सचेतना चालकलाईमात्र नभएर आम नागरिकलाई हुनुपर्ने बताउनुभयो ।

यस्तै सानिमा लाईफ इन्स्योरेन्स तुलसीपुर शाखा प्रमुख डम्बर केसीले सानो गल्तीले पनि जीवनको क्षति हुने भएकाले ट्राफिक सचेतना आवश्यक रहेको बताउनुभयो ।

लायन्स क्लब अफ दाङ क्यापिटलका अध्यक्ष दिपक केसीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण सचिव दिपक वलीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस