
दाङ, ५ असोज । स्वास्थ्य कार्यालय दाङमा गत वर्षको अख्तियारी बजेटबाट दुई करोड बढी रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७९/०८० मा स्वास्थ्य कार्यालय दाङलाई अख्तियारी भएको पाँच करोड ६९ लाख ५५ हजार रुपैयाँमा दुई करोड छ लाख १९ हजार नौ सय रुपैयाँ फ्रिज भएको छ ।
५७ लाख पूँजीगत बजेटमा १४ लाख ८० हजार एक सय रुपैयाँ फ्रिज भएको छ भने पाँच करोड १२ लाख २५ हजार चालु बजेटमा एक करोड ९१ लाख ३९ हजार आठ सय रुपैयाँ फ्रिज भएको हो ।
स्वास्थ्य कार्यालय दाङको सातवटा कार्यक्रममा सबै कार्यक्रमतर्फ बजेट फ्रिज भएको छ । स्वास्थ्य कार्यालयमा बजेट फ्रिजसँगै झण्डै अढाई करोड बेरुजु थुप्रिएको छ । स्वास्थ्य कार्यालय दाङमा आर्थिक वर्ष २०७९/०८० सम्म दुई करोड ५५ लाख ७७ हजार आठ सय ७३ रुपैयाँ बेरुजु छ ।
स्वास्थ्य कार्यालय दाङमा असुलउपर गर्नुपर्ने बेरुजु १९ लाख ६९ हजार सात सय २८ रुपैयाँ ५३ पैसा छ भने नियमित गर्नुपर्ने तर्फ दुई करोड ३६ लाख आठ हजार एक सय ४५ रुपैयाँ छ ।-नयाँ युगबोधबाट