२०८१ चैत्र ८ गते शुक्रवार

वैवाहिक वर्षगाँठको अवसरमा हमाल दम्पतिबाट सीबीसी मेसिन सहयोग

तुलसीपुर, ४ असोज । नेपाली काङ्ग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल र उहाँकी धर्मपत्नी रेखा हमालले २६ औँ वर्षगाँठको अवसरमा बिहिबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई सीबिसी मेशिन सहयोग गर्नुभएको छ ।

त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष समेत रहेका सुरेश हमालले अस्पतालमा उपचार सेवा सहजताका लागि सीबिसी मेशिन सहयोग गरिएको बताउनुभयो ।

दाङसहित साविक राप्तीका नागरिकलाई उपचार सेवा प्रदान गरिरहेको राप्ती प्रादेशिक अस्पतालप्रति उपचार सेवामा विश्वास बढाउन आवश्यक रहेको उहाँको भनाई छ । ‘अस्पताल रिफरल सेन्टरको रुपमा मात्र आम नागरिकले बुभ्mने गरेका छन् ।’ उहाँले भन्नुभयो-‘अस्पतालमा आएपछि उपचार हुन्छ भन्ने वातावरण सबैले बनाउनुपर्छ, यो हामी सबैको दायित्व हो ।’

कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यौपाने, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष बिरेन्द्र शाह, व्यवसायी गोरख वली व्यवसायी मोहन भण्डारी, नेपाली काङ्ग्रेस तुलसीपुर उपमहानगरपालिका नगर सचिव सुशील वली, तुलसीपुर उपमहानगरपालिका तरुण दल नगर अध्यक्ष कमल घर्ती लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस