२०८० मङ्सिर २० गते बुधवार

शिक्षक महासङ्घले भोलि शान्तिपूर्ण प्रदर्शन गर्ने

दाङ, २ असोज । शिक्षा मन्त्रालयले आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घलाई आज वार्ताका लागि बोलाएको छ ।

तर, आज शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नबस्ने महासङ्घले जनाएको छ ।

शिक्षा मन्त्रालयसँग यसअघि पनि पटक पटक वार्तामा बसेको तर निकास ननिस्किएको भन्दै महासङ्घले वार्तामा सरकार प्रमुखसहित सरोकारवाला अन्य निकाय पनि हुनुपर्ने माग गरेको छ ।

सरकार प्रमुखसहित सरोकारवाला सबै निकायसँग वार्ता हुने भए मात्र सहभागी हुने महासङ्घकी अध्यक्ष कमला तुलाधरले बताउनुभयो । शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै भोलि काठमाण्डौमा मार्च पास गर्दैछ ।

भोलि माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूणर् प्रदर्शन गर्ने महासङ्घले जनाएको छ । प्रदर्शनमा देशका ७७ जिल्लाका शिक्षक सहभागी हुनेछन् ।

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस