
तुलसीपुर, ३० भदौ । ज्ञान ज्योति कलेजमा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले ११ का विद्यार्थीलाई स्वागत गरेका हुन् ।
ज्ञानज्योति फाउन्डेसनका शैक्षिक कोडिनेटर शरद गौतमको स्वागत मन्तव्यबाट कार्यक्रम शुरू भएको हो ।
कक्षा १२ का विद्यार्थी सुशील पराजुलीको अध्यक्षता एवं ज्ञानज्योति फाउण्डेसनका संस्थापक अध्यक्ष तथा शिक्षाविद् टिकाबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा शिक्षाविद जिसीले ज्ञानज्योतिबाटै उत्पादन भएका जनशक्ति विभिन्न क्षेत्रमा कार्यरत रहेको देख्न पाउँदा गर्वको अनुभूती हुने गरेको बताउनुभयो । उहाँले शैक्षिक विकासमा योगदान दिनका लागि ज्ञानज्योति फाउण्डेशन स्थापना भएको बताउनुभयो ।
तुलसीपुर -६ का अध्यक्ष दुजमान भण्डारीले शिक्षाको क्षेत्रमा ज्ञानज्योतीले भूमिका महत्त्वपूणर् रहेको बताउनुभयो । कार्यक्रममो सहजीकरण शिक्षक सन्तोष केसीले गर्नुभएको हो । कार्यक्रममा चर्चित गायक प्रताप दास, आधुनिक गायक तथा संगितकार गोविन्द मधुर आचार्य लगायतको प्रस्तुती रहेको थियो भने विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
