२०८१ फाल्गुन १ गते बिहिवार

बाँके बस दुर्घटना अपडेट : मृतक र घाइतेको नामावालीसहित

दाङ,२३ भदौ । दाङमा भ्रमण गरेर बर्दिया जाँदै गरेको बस बाँकेमा रोकिराखेको ट्रकसंग ठोक्कीदा सात जनाको मृत्यु भएको छ । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो ।

उहाँका अनुसार दुर्घटनामा बसका चालक, सहचालक र एउटै वडाका पाँचसहित सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बसका चालक बर्दियाको ठाकुरबाबा-८ का ५५ वर्षिय जुग बहादुर चन्द र सहचालक बर्दियाको बारबार्दिया नगरपालिका -७ का ३४ बसन्त कार्कीको पनि मृत्यु भएको छ।

यस्तै दुर्घटनामा परी बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीय चानुराम थारु मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ३४ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको डिएसपी डाँगीले बताउनुभयो । दुर्घटनामा परी बर्दियाको ठाकुरबावा ९ कै ६७ वर्षिय बल बहादुर थारु र ४० वर्षिय आशा बिक गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते थारुको टाउको र शरिरमा र बिकको टाउकोमा चोट लागेको छ । बसमा सवार ४१ जना रहेका थिए ।

उहाँका अनुसार दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको हो ।

घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा र नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बर्दियाको ठाकुरबाबा-९ को बेतनी सामुदायिक बन उपभोक्ता समुह एक दिने भ्रमणका लागि दाङको धारापानी र चखौरा आएको थियो । घाइतेको विवरण :

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस