
दाङ, २२ भदाै । नेशनल प्याव्सन दाङले छैठौं जिल्ला अधिवेशन शुरू भएकाे छ ।
प्याव्सन दाङका अध्यक्ष बिमल गाैतमकाे अध्यक्षता तथा केन्द्रीय अध्यक्ष पाण्डव हमालकाे प्रमुख आतिथ्यतामा अधिवेशनकाे उद्घाटन गरिएको हाे ।
कार्यक्रममा उपमेयर स्यानी चाैधरीले शिक्षाले नै जीवन परिवर्तन गर्ने भएकाले शैक्षिक उपलब्धिमा जाेड दिनुपर्ने बताउनुभयो ।
उहाँले संस्थागत विद्यालयले शिक्षामा महत्त्वपूर्ण खेलेको बताउदै संस्कार सहितकाे शिक्षामा जाेड दिन आग्रह गर्नुभयो ।
नेशनल प्याब्सनका बाँके अध्यक्ष श्याम कुँवरले सामाजिक सुरक्षाकाेषमा सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयाेजक मान बहादुर रावतले पढ्ने संस्कारको विकास गराउनुपर्ने बताउनुभयो ।
संस्थागत विद्यालयले शैक्षिक उपलब्धिमा राज्यलाई सहयाेग गरेकाे भन्दै उहाँले तुलसीपुरलाई शिक्षाको हब बनाउनुपर्ने बताउनुभयाे ।
कार्यक्रमकाे सहजीकरण सचिव ठाकुरप्रसाद डाँगीले गर्नुभएकाे हाे । अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्नेछ ।