२०८१ जेष्ठ ५ गते शनिवार

तुलसीपुर आउँदै गरेको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु

दाङ, १८ भदौ । दाङको देउखुरीमा मोटरसाईकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गढवा गाँउपालिका वडा नम्बर ३ गोबरडिहाका ४० वर्षीय कालीचरण चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाईकलमा सवार गढवा गाउँपालिका ३ गोबरडिहाका मुखिया चौधरी घाइते हुनुभएको छ ।

दाङको गढवाबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ३ प ८०१४ मोटरसाईकल सोमबार बिहान साढे ११ बजेतिर रिहार अमेलिया सडकखण्डमा अनियन्त्रीत भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस