२०८२ बैशाख १७ गते बुधवार

सल्यानमा दुई केटीबिच विवाह

सल्यान, १५ भदौ । सल्यानमा दुइवटी केटीले विवाह गरेका छन् । बागचौर नगरपालिका वडा नम्बर १ ठिनबाङज्यूलाका अमिसा बस्नेत र वडा नम्बर ८ कोटमौलाकी योजना केसीबीच विवाह भएको हो ।

उनिहरु दुवैजना केटी हुन् । तीन वर्षदेखि आफुहरु प्रेम सम्बन्धमा रहेको बताउने उनिहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेकी हुन् । आपसी समझदारीमा योजना अहिले अमिसाको घरमा गएर बसेकी छन् ।

माया बसेकै कारण विवाह गरेको उनिहरुको प्रतिकृया छ । ‘हामीहरु केटी-केटी नै हौं, समाजले सोचेजस्तो तेस्रो लिंगी पनि होइनौं ।’ योजनाले भनिन्-‘कुनै भाइरल हुनलाई पनि विवाह गरेका होइनौं, माया बसेर नै विवाह गरेका हौं ।’

घरपरिवारले नमानेको कारण मन्दिरमा गएर सिन्दुर र पोते लगाएको र अब घरमै विधि पुरा गरेर खुल्ला रूपमा विवाह गर्ने तयारी भएको योजना केसीको भनाइ छ । अहिले अमिसाको घरमा परिवारले विवाह स्वीकार गरिसकेको र योजनाको घर परिवारले केटीकेटी बीच विवाह गर्न नहुने बताइरहेको उनिहरुको भनाई छ ।

उनीहरु दुवैजना स्थानीय जनकल्यान क्याम्पस थारमारेमा अध्यनरत छन् । दुवैजनाले जिन्दगीभर सँगै भैरहने बाचा समेत गरेको बताएका छन् । -खबर एक्सरेबाट

प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस