२०८२ बैशाख १० गते बुधवार

विद्यार्थीलाई नि : शुल्क यातायातको व्यवस्था गरेकी पराजुली प्रअको जिम्मेवारीबाट अलग

तुुलसीपुर, ३ भदौ । स्थानीय सरकारले विद्यार्थी नभएका विद्यालयलाई मर्जको प्रक्रीयामा लैजानै नितिमा विद्यार्थी संङ्ख्या शुन्य भएपछि बन्द हुने स्थितिमा पुगेको प्रावि मोतिपुरलाई पुर्नजीवन दिनु त्यति सहज थिएन । विद्यार्थीको संख्या कम भएपछि प्राविबाट बालविकासमा झरेको विद्यालयलाई पुनः प्राविमा लैजान प्रधानाध्यापक विश्वमाया पराजुलीको निकै महत्वपूणर् भूमिका छ ।

पराजुलीले जिम्मेवारी सम्हालेको तुलसीपुर-७ मोतिपुरको विद्यालयमा पहिलो शैक्षिक सत्र २०७६ मा बालविकासमा १५ जना विद्यार्थी भर्ना भए । कक्षा पाँचसम्मको सञ्चालनको तयारीमा रहेको यो विद्यालयले यसवर्ष कक्षा २ सम्मको अनुमति पाएको छ । चालु शैक्षिक सत्रमा विद्यालयमा ५० जना विद्यार्थी भर्ना भएका छन् ।

कसरी बढे त विद्यार्थी ?
पाँच कक्षासम्म सञ्चालन भएको विद्यालय विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेको बेला उहाँलाई निकै पिडावोध भयो । यस्तो अवस्थामा स्थानीयको ठुलो साथ र सहयोग रह्यो विद्यालय स्थानान्तरण हुनबाट जोगीयो ।

प्रअ पराजुलीका लागि यो नै खुशीको कुरा थियो । यही विद्यालयमा उहाँले पढाउन थालेको २३ वर्ष भयो । प्राविसम्म चलेको विद्यालय फेरी बालविकासबाट सञ्चालन हुने भयो तर विद्यार्थीलाई फर्काउन कम्ती समस्या थिएन ।

उहाँ आएपछि शुरुको वर्ष १५ जना, दोस्रो वर्षमा २५ जना विद्यार्थी थपिदै गए । विस्तारै विद्यालयप्रति अभिभावकको विश्वास वढ्दै गयो ।

तेस्रो वर्षमा उहाँले विद्यार्थी संङ्ख्या बढाउन एउटा योजना बनाउनुभयो । विद्यार्थीलाई निशुल्क यातायातको सुविधा । तर विद्यालयको आन्तरिक श्रोत थिएन । तैपनि उहाँले हिम्मत हार्नुभएन ।

राज्यले दिएको सेवासुविधाबाट आर्जेकोे रकमलाई विद्यालयमै प्रयोग गरेर विद्यार्थी संङ्ख्या बढाउने जुक्ती फुर्यो ।

एकजना अटो चालकसंग समन्वय गरी मासीक १० हजार व्यक्तीगत रुपमा भुक्तानी गर्ने गरी करिब ३ वर्षसम्म विद्यार्थीका लागि निशुल्क अटो सञ्चालन गर्नुभयो । अटो दैनिक बिहान मदननगर, हात्तीखौवा तथा राजापुरका विद्यार्थीलाई लिन र साँझ घरघरमा छोड्न जान्थ्यो । यसबाट अभिभावक पनि खुशी थिए ।

पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको थियो । गएको साउन २१ देखी सो अटो सेवा बन्द भएको छ । अब आफु प्रमुख जिम्मेवारीबाट बाहिरिएपछी कसरी व्यवस्थापन गर्ने भन्ने विषय नवनियुक्क्त प्रअको जिम्मेवारी रहेको पराजुली बताउनुहुन्छ । विद्यालयमा अहिले प्रअको जिम्मेवारीमा हिमसरा पुन आउनुभएको छ ।

तर नवनियुक्त प्रअ पुनले भने यातायात सुविधाको बारेमा त्यसरी व्यक्तिगत लगानी गर्न नसकिने बताउनुभएको छ । अब यो सुविधा उहाँले व्यक्तीगत रुपमा व्यवस्थापन गर्नुभएको विषय रहेको भन्दै कसरी अगाडी बढ्ने आगामी बैठकबाट निश्कर्ष निकाल्ने सोचमा रहेको उहाँले बताउनुभयो ।

विद्यालयको भौतिक संरचनालाई तारवार गरेर घेरिएको छ । स्थानीय सरकारले बजेट दिने आश्वासन दिएपछि सो काम भएको थियो । बजेट आश्वासनमा मात्र सिमित भएपछि पराजुलीले ६५ हजार रुपैया व्यक्तीगत रुपमा खर्च गरेर तारवार गर्नुभएको थियो । तर यसमा सरकारप्रति उहाँको कुनै गुनासो पनि छैन् । ‘विद्यालय जोगीएकोमा म खुशी छु, कम्तिमा पनि बाबुनानीले घरको आँगनमै पढ्न पाएका छन् ।’-उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस