२०८० फाल्गुन २२ गते मङ्गलवार

जुम्ल्याहा दाजु भाइको जन्मदिनमा आश्रममा

दाङ १ भाद्र । तुलसीपुर उपमहानरपालिका ४ निवासी नरेन्द्र भण्डारी र टिका खड्काले मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेका छन् ।

जुम्ल्याहा छोरा दिव्य र दृष्टि को शुभ जन्मोत्सव पारेर खाद्यान्न सहयोग गरेका हुन् । आश्रम मा चामल, दाल,नुन, तेल, चीनी, साबुन, सरफ, चिउरा, भुजिया, बिस्कुट र फलफूल लगायत सहयोग गरेको बताए ।

सानो उमेरमा बच्चालाई असहाय व्यक्तिहरूलाई सहयोग गर्नु पर्छ भन्ने भावनाको विकास गर्न आश्रममा सहयोग गरेको नरेन्द्र भण्डारीले बताए ।

फजुल खर्च बचत हुने र अभावमा परेका हरुलाई सहयोग हुने हुनाले जन्म उत्सब आश्रम मा मनाउँदा खुसी लागेको आमा टीका खड्काले बताइन् ।

केक कटाएर जन्मदिन मनाउन पर्छ भन्दा पनि असहाय, दुखी, गरीब,अनाथ भएको ठाउँमा सहयोग गर्नु पर्ने उनीहरूको भनाई छ ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस