२०८१ असोज ४ गते शुक्रवार

घोराही उपमहानगरमा जनस्वास्थ्यको वार्षिक समिक्षा


घोराही, ३१ साउन । घोराही उपमहानगरमा जनस्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष २०७९/२०८० को वार्षिक समिक्षा तथा योजना तर्जुमा गरिएको छ । नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

मंगलबार र बुधबार गरी दुई दिनसम्म चलेको गोष्ठीमा एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा भए गरेका कामको समिक्षा र चालुवर्षका लागि योजना तर्जुमा गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्तीले जानकारी दिनुभयो ।

कार्यक्रममा १९ वटै वडाका स्वास्थ्य संस्था, घोराहीमा कार्यक्रम गर्दै आएका संघ संस्था र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तुतीकरण रहेको थियो । कार्यक्रममा बालबालिकालाई पूणर् खोपको सुनिश्चितता, गर्भवती आमालाई सुरक्षित गर्भवती सेवाको समिक्षा गरिएको थियो ।

कार्यक्रममा क्षयरोग कार्यक्रम, परिवार नियोजन कार्यक्रम, पोषण कार्यक्रम , डेंगु रोग नियन्त्रण सम्बन्धि समिक्षा गरिएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रवाह गरिएको स्वास्थ्य उपचार सेवा र स्वास्थ्य बिमा बारे पनि समिक्षा गरिएको छ ।

चालु आर्थिक वर्षमा घोराही उपहानगरपालिकाबाट आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि कार्ययोजना बनाई प्रस्तुतिकरण गरिएको छ । समिक्षामा घोराही उपमहानगरपालिकामा विभिन्न स्वास्थ्य सुचकको आधारमा शहरी स्वास्थ्य केन्द्र फचरकपुर प्रथम, शहरी स्वास्थ्य केन्द्र नयाँ बजार द्धितीय, भ्युडहर शहरी स्वास्थ्य केन्द्र तृतीय भएको मापन गरिएको छ ।

यस्तै स्वास्थ्य चौकीतर्फ नारायणपुर शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र प्रथम, लक्ष्मीपुर प्रस्तावित अस्पताल द्धितीय र रामपुर स्वास्थ्य प्रवद्र्धन केन्द्र तृतीय भएको घोषणा गरिएको छ ।

उत्कृष्ट हुने स्वास्थ्य संस्थालाई प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस अवसरमा नगरप्रमुख चौधरी, उपप्रमुख हुमा डिसी , प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे लगायतले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिलाई आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य शाखाका ठाकुर खनालले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस