२०८० फाल्गुन २२ गते मङ्गलवार

दाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

दाङ, ३१ साउन । दाङको बंगलाचुलीमा जंगली च्याउ खाएर विरामी परेका मध्य एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाँएर विरामी परेकी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको उहाँका हजुर बुवा दिनेश नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्मितालाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछी थप उपचारका लागि वुटवल लगेकोमा उतै मृत्यु भएको हो । मृतक अस्मिताको आमा २७ वर्षिया ईश्वरी सुनारको पनि अवस्था गम्भिर रहेको पाईएको छ ।

उहाँलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसियुमा राखेर उपचार भईरहेको छ । भने उहाँका श्रीमान अजय सुनारको पनि सोही अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस