२०८१ असार ९ गते आइतवार

रोल्पाबाट दाङ आउँदै गरेको बस तिला नजिकै दुर्घटना

रोल्पा, २३ साउन । रोल्पाको परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको बस दुर्घटनामा परेको छ । सहिद मार्ग अन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ को रिचि घुम्तिमा ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको रोल्पाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले जानकारी दिनुभयो ।

दुर्घटनामा परेकाको उद्धार गरी अस्पताल लैजाने काम भइरहेको उहाँले बताउनुभयो । बसमा करिब १० जना यात्रु रहेको अनुमान गरिएको छ । तर थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुषालले ईकापी न्यूजलाई जानकारी दिनुभयो ।

तस्विर : गंगा चिन्तित बिएम

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस