दाङ, १९ साउन । दाजुको अस्तु सेलाउन गएका दाङका एक व्यक्ति देवघाटमा बगेर वेपत्ता भएका छन्।
अस्तु सेलाउन गएका तुलसीपुर उपमहानगरपालिका – १२ कौवापुरका ३२ बर्षीय लोकेन्द्र भुसाल देवघाटमा बगेर बेपत्ता हुनुभएको छ ।
सवारी दुर्घटनामा परी निधन भएका तुलसीपुर – १२ कौवापुरका ३२ बर्षीय रेमन्त बस्नेतको अस्तु सेलाउन गएका भुसाल देवघाटमा बगेर वेपत्ता हुनुभएको हाे ।
उहाँ एक्लै तुलसीपुरबाट बिहीबार बुलेकी त्रिवेणीको देवघाट जानुभएको हाे ।
तुलसीपुर – १२ रझेनामा साउन १५ गते बेलुका ८ बजेतिर ३२ बर्षीय बस्नेत सवार रा ७ प ३४१६ नम्बर मोटरसाइकल रा २ प ४३२२ नम्बरको स्कुटीसंग ठाेक्कीएर दुर्घटना भएकाे थियाे ।
दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतकाे भारतको लखनउमा उपचारका क्रममा बुधबार दिउँसो निधन भएको थियो । सितलपुरस्थित बबइ नदी घाटमा अन्तेष्टि गरिएका बस्नेतकाे फुला (अस्तु) लिएर भुसाल देवघाट जानुभएको थियोे ।
हिन्दु परम्परा अनुसार बस्नेतको मोक्ष प्राप्तीको लागि पुरेत राखेर बिधि पूर्वक सबै काम पुरा गरि सकेपछि स्नान गर्न भनी दुइ नदीको संगम स्थलमा प्रबेश गरेका भुसाललाई शुक्रबार बिहान ७ बजेतिर नारायणी नदीले बगाएको हाे ।
प्रहरी अधिकारीका अनुसार उहाँको खोजी कार्य जारी रहेको र गोताखोर पनि बोलाइएको छ ।
बेपत्ता भुसाल पेशाले शिक्षक हुनुहुन्छ । उहाँले जाजरकोटको चौरजहारीमा रहेको एक बिद्यालयमा पढाउँदै आउनुभएकाे छ।